संघीय संसद्को अधिवेशन अन्त्य
काठमाडौँ, चैत २०
संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।
यी दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।
प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार