सुनको मूल्य थप बृद्धि, कति छ आज ?


 


काठमाडौं, चैत २०
नेपाली बजारमा आज सुनको मूल्य थप उकालो लागेको छ । आज पनि सुन तोलामा थप तीन सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५८ हजार दुई सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार नौं सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्