खाँदबारी नगरका लेखा अधिकृत पक्राउ
काठमाडौँ, १९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको रकम दुरुपयोग गरेको अभियोगमा खाँदबारी नगरपालिकाको कार्यालय संखुवासभाका लेखा अधिकृत नवीनकुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरेको छ ।
आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार श्रेष्ठले बैंकबाट अनाधिकृत रकम झिकी अनियमितता गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो । रासस
प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार