प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना


 


काठमाडौँ, १९ चैत । नेपाल पत्रकार महासंघ प्रदेश समिति निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिको कार्यालय स्थापना गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिको संयोजक बबिता बस्नेतको अध्यक्षतामा सोमबार बसेको बैठकले काठमाडौँको सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा निर्वाचन समितिको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश समितिको निर्वाचनका लागि मतदाता नामावली यथाशीघ्र उपलब्ध गराइदिन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

अर्काे बैठक २१ गते बुधबार बस्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पत्रकार महासंघको प्रदेश समितिको निर्वाचन आगामी वैशाख २२ गते हुँदैछ । रासस

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्