सुनचाँदीको मूल्य बढ्यो, कति छ आज ?


 


काठमाडौं, चैत १९
बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार नौं सय रुपैयाँ पुगेको छ । हिजो सुन ५७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । एक हप्तादेखि ओरालो लाग्दै आएको सुनको मूल्य आज उकालो चढेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ४५ रुपैयाँ पुगेको छ । हिजो चाँदी सात सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्