आज प्रतिनिधिसभा बैठक बस्दै, शोक प्रस्ताव पारित हुने


 


काठमाडौ, चैत्र १९
आज प्रतिनिधिसभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेस नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित हुने कार्यतालिका छ।

साथै प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिएर अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ। यसबाहेक आज अरु कुनै विषयमा छलफल नहुने संसद सचिवालयले जनाएको छ ।

आजका लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र चिकत्सा शिक्षा अध्यादेश सम्भावित कार्यसूचीमा तय भएका थिए।

 

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्