पूर्व सभासदले नै कर्मचारीसँग यसरी पैसा मागे


 


sudan kiratiभोजपुर, भदौ १८
भोजपुरमा पूर्व सभासदले नै कर्मचारीसँग पैसा मागेको खुलासा भएको छ । जिल्ला विकास समिति भोजपुरमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसीडिपी) मा कार्यरत शासन विज्ञ इन्जिनियर राजु शिवाकोटीलाई पूर्व सभासद एंव एकिकृत माओवादी भोजपुरका अध्यक्ष सुदन किराँतीले रकम मागेको खुलासा भएको हो ।

शुरुमा शिवाकोटीलाई अज्ञात ब्यक्तिबाट धम्किपूर्ण टेलिफोन आएको थियो । उनलाई भदौ ३ गते धम्कि आएको बताएका छन् । शुरुमा को बोलेको भनेर सोध्ने काम भयो मैले आफ्नो बास्तबिकता बताए, उनले भने मैले तपाई चाँही को बोल्नु भएको ? भनेर सोध्दा तेरो काल बोलेको भनेर शुरु गरेको उनले जनाए ।

यस्तो मोबाइलमा धम्किपुर्ण भाषामा टेलिफोन आएपछि उनले जिविस, प्रशासन हुँदै प्रहरीमा निवेदन दिएका थिए । उनको निवेदन परेपछि प्रहरीले छानिबिन शुरु गरे लगत्तै पुनः किराँतीले निवेदन फिर्ता लिन दबाव दिएपछि शिवाकोटीले निवेदन फिर्ता लिएर जिल्ला छाडेको बुक्रिएको छ ।

प्रशासन हुँदै प्रहरीमा निवेदन आएपछि धम्कि दिने टेलिफोनमा प्रहरीले निगरानी गरेको थियो । उत्त टेलिफोन एकिकृत माओवादी सम्बद्ध ब्यक्ति कै रहेको बुझिएको छ ।

प्रहरीले धम्कि दिने केही ब्यक्तिलाई कार्यालयमा उपस्थित गराएर बयान समेत लिएको थियो । मलाई धम्कि आएपछि मैले सुरक्षाका लागि निवेदन दिए, त्यसपछि मलाई पूर्व सभासदले निवेदन फिर्ता लिनका लागि पटक–पटक अनुरोध गर्नुभयो उनले भने पछि म उहाँको पार्टी कार्यालयमा गएपछि पार्टीलाई सहयोग गर्नुपर्याे भन्नुभयो ।

म भदौ ६ गते उहाँलाई विहान ८ बजे भेट्न गए । एकिकृत माओवादी पार्टी कार्यालयमा नै बोलाएर तपाईलाई हामी सहयोग गर्छाैं, हामीलाई तपाईले सहयोग गनुपर्याे भनेर कुरा शुरु भएको पीडित शिवाकोटीले बताए ।

शुरुमा एक लाख ५० हजारबाट रकम माग्न शुरु भएको थियो, शिवाकोटीले भने पछि ६० हजार जम्मा गरिदिनु भनेर उहाँले भन्नुभयो । रकम माग भएपछि शिवाकोटी जिल्ला छाडेर काठमाडौं गएका छन् । त्यही दिन दोस्रो पटक बिहान ११ बजे र दिउँसो १ बजे भेट भयो ।

भेटमा पनि पैसाकै कुरा भयो । ति धम्कि दिने साथीहरुलाई म मिलाउँला समेत किराँतीले भनेको उनको भनाई छ । किराँती कै मोबाइलबाट आफुलाई राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर म्यासेज आएको उनले बताए । उक्त खाता दलगाउँ ५ कि सम्झना राईको ब्ुझिएको छ । उनि एकिकृत माओवादी भोजपुरकी जिल्ला कमिटी सदस्य हुन् ।

म भोजपुरबाट कुनै तलब भत्ता बुझ्दिन, कूनै योजना हुँदैन, पीडित शिवाकोटीले भने जिम्मेवार तहका नेताबाटै यस्तो माग भएपछि आफु त्यो तिर्न तयार नभएपछि जिल्ला छाडेर हिँडे । म यहाँ काम गर्न आएको एउटा कर्मचारी हुँ, जिल्लाकै यो तहका मान्छेबाट यस्तो हुन्छ भनेर सोचेको पनि थिइँन त्यसैले निवेदन फिर्ता लिएर जिल्ला छाडेर हिँडे ।

प्रहरीमा दिएको निवेदन पटक–पटक उहाँले नै फिर्ता लिन टेलिफोन गरेपछि फिर्ता लिएँ, पछि उहाँसँग कुरा गर्दा पैसा माग भएपछि जिल्लामा बसेर काम गर्ने वातावरण देखिँन् । हामीले निवेदन माथि कारबाही शुरु गरेका थियौं, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले भने सम्बन्धित ब्यक्तिले पछि निवेदन फिर्ता लिए ।

शिवाकोटीजीबाट निवेदन आएपछि तत्काल हामीले प्रहरीमा फरवाड गर्याे भोजपुरका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले भने पछि उहाँले नै निवेदन फिर्ता लिनुभयोे । यो घटना सार्वजनिक भएपछि पुर्व सभासद किराँती समेत जिल्लामा छैनन् ।

घटनाबारे उनले अनविज्ञता प्रकट गरेका छन् । आफूलाई यो घटनाबारे केही थाहा नभएको उनले जनाए । कर्मचारीहरु के गल्ती गर्छन,उनले भने गल्ति गरेपछि दलहरुलाई दोष देखाउने काम भएको हुनसक्छ ।

यो घटना सार्वजनिक भएपछि सर्वत्र चाँसो ब्यक्त हुन थालेको छ भने घटना रहस्यमय बन्दै जान थालेको छ । बुधबार एमालेको भातृ संगठन युवा संघ नेपालले घटनाको सत्यतथ्य छानबिनका लागि प्रशासन र प्रहरीमा ज्ञापनपत्र बुझाएको छ ।

बुधबार नै पत्रकार सम्मेलन गर्दे युवा संघले घटना तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको हो । युवा संघले कर्मचारीहरुलाई निष्पक्ष र भयरहित वातावरणमा काम गर्ने बातावरण सिर्जना गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: १८ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्