विद्यार्थी तान्न निजी विद्यालय यस्तोसम्म गर्छन्, नाम चलेका विद्यालय मारमा


 


काठमाडौं, चैत १९
विद्यार्थी तान्न निजी विद्यालयले पछिल्लो समय अर्को नाम चलेका विद्यालयसंग मिल्दोजुल्दो नाम राख्ने गरेको पाइएको छ ।

विद्यार्थी तान्न अर्काको ब्रान्ड चोरेर विद्यालय खोल्दा पहिले नै चिनिएका स्कुल मारमा पर्छन् नै, विद्यार्थी र परीक्षार्थीसमेत आफूले अध्ययन गर्ने सक्कली शैक्षिक संस्था कुन हो भनेर दोधारमा पर्ने गरेको छ ।

महाराजगन्जमा ३२ वर्षदेखि सञ्चालन भइरहेको ‘काठमाडौं भ्याली स्कुल’ को नाम चोरेर काठमाडौंकै छाउनीमा ‘काठमाडौं भ्याली स्कुल’को नाममा अर्को स्कुल स्थापना भएको छ।

दूरीको हिसाबले टाढा रहे पनि कानुनविपरीत एउटा जिल्लामा पुरानो स्कुल सञ्चालनमा रहेका बेला त्यही नामको नयाँ स्कुल खोलिएको छ।

 

 

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्