मोरङमा खुकुरी प्रहारबाट दुई जना घाइते


 


मोरङ, १९ चैत । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ र २ मा आईतबार राती खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् । पथरीशनिश्चरे नगरपालिका–१ मा १९ बर्षिय अशोक बराईलीले मादक पदार्थ सेवन गरी आफ्नै १४ बर्षिय भाइ नबिन बराईलीलाई खुकुरी प्रहार गरेका हुन् ।

सामान्य विवाद पश्चात खुकुरी प्रहारबाट हातमा चोट लागेका नबिनको पथरी अस्पताल पथरीमा उपचार भरहेको छ भने खुकुरी प्रहार गर्ने दाजुलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । यस्तै पथरीशनिश्चरे नगरपालिका–२ बाँसघारी टोल बस्ने १९ बर्षिय हाङसुहाङ लिम्बु समेत खुकुरी प्रहारबाट घाइते भएका छन् । उनलाई उर्लाबारी नगरपालिका–३ बस्ने २२ बर्षिय प्रह्लाद लिम्बुले गएराती ९ बजे सामान्य बिबाद हुँदा खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागेका लिम्बुको मंगलबारे अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने प्रह्लाद इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेका छन् ।

 

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्