झापामा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु


 


झापा, १९ चैत्र । झापाको गौरीगन्ज गाउँपालिका–३ दन्तकाली बस्ने २८ बर्षिया निमथोकी शेर्पाको आईतबार राती आफ्नै श्रीमानको कुटाईबाट मृत्यु भएको छ ।

उहाँलाई ३० बर्षिय श्रीमान पासाङ शेर्पाले घरायसी बादबिबाद हुँदा काठको मुडाले टाउकोमा प्रहार गरी गम्भिर घाइते बनाएका थिए । घाइते शेर्पालाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक ल्याइएकोमा उपचारका क्रममा राती ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । कुटपिट गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्