कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, चैत १८
नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । आज सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तलमाथि भएको छैन । आज पनि चाँदी सात सय ४० रुपैयाँमा नै कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्