डा. केसीले दिए आन्दोलनको अर्को चेतावनी


 


काठमाडौं, चैत १७
प्रा. डा गोविन्द केसीले चैत महिनाभित्र आफ्ना चारबुँदै माग पुरा नभए सत्याग्रहसहित आन्दोदलन सुरु गर्ने चेतावनी दिएका छन् ।

केसीले चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै तत्काल संसदबाट पारित गराउन तथा त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा सरकारले तोकेअनुसार स्नातकोत्तर तहको शुल्क २२ लाख ५० हजार रुपैयाँ कायम गार्न माग गरेका छन् । कान्तिपुरा खबर छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलले सरकारी कर्मचारीलाई धम्क्याएर आफ्नो किर्ते उमेर कायम गर्न र अवैध राजीनामालाई वैध बनाउन गरेको प्रयासबारे समेत छानबिन गरी कारबाही गर्नुपर्ने उनको माग छ ।

प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्