यात्रुको असामान्य दुव्र्यवहारपछि विमान आकस्मिक अवतरण, यसरी लगाइयो प्रहरीको जिम्मा


 


काठमाडौं, चैत १७
नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुपर्यो। नागरिकमा खबर छ ।

काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण ग(योरु सबैको अनुमान– प्राविधिक समस्या भएर होला। तर होइन, दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मोरङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा आकस्मिक अवतरण गराउनुपरेको थियो।

वरिष्ठ क्याप्टेन श्यामकृष्ण ढेवाजू र कोपाइलट सञ्जय बैद्यले उडाएर ल्याएको ‘९ एन–एकेडब्लू’ कलसाइनयुक्त उक्त जहाज दुबईबाट शुक्रबार बिहान ४ बजे काठमाडौंका लागि उडेको थियो।

१ सय ५८ सिट क्षमतायुक्त उक्त जहाज त्रिभुवन विमानस्थलमा बिहान १० बजे अवतरण गर्ने तालिका थियो। रतेलकै कारण दिउँसो २ बजेतिरमात्र अवतरण सम्भव भएको थियो।

प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्