सरकारले गर्यो विदा कटौती, २०७५ सालमा कति दिन विदा ?


 


काठमाडौं, चैत १४
सरकारले आगामी वर्ष २०७५ सालमा यसअघि दिइदै आएका विदामा केही कटौती गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विदा कटौतीको निर्णय गरेको हो ।

यससंगै अब २०७५ सालमा सार्वजनिक विदा ८९ दिन मात्रै हुने सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।

यस वर्ष १०४ दिन सार्वजनिक विदा दिइएको थियो । यसमा सबैका लागि ६७ दिन र कुनै खास धर्म र सम्प्रदायका लागि हुने विदा २२ दिन छ । अब अर्को वर्ष सरकारी कार्यालय २२ दिन बढी खुल्ने भएकाछन् ।

 

प्रकाशित मिति: १४ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्