मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन् एजेण्डा


 


काठमाडौं, चैत १४
आज दिउसो मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेगरि बैठक बोलाइएको छ ।

बैठकले आज विशेषगरि विभिन्न मन्त्रालयगत संरचना कस्तो हुने भन्नेबारेमा तयार गरिएको प्रतिबेदनमाथि छलफल हुने कार्यसूची रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यस्तै गृहमन्त्रालयले तयार गरको २२ वटा सार्वजनिक बिदा कटौती प्रस्तावमाथि छलफल गरि स्वीकृत गर्ने तयारी गरेको जनाइएको छ ।

यदि सो प्रस्ताव स्वीकृत भएमा सरकारले हाल दिदै आएको २२ वटा सार्वजनिक कटौती हुनेछन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चैत तेस्रो साता हुने भारत भ्रमणका विषयमा पनि छलफल हने जनाइएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्