बल्ल घट्यो सुनको मूल्य, कति छ आज ?


 


काठमाडौ, चैत १४
केही दिनदेखि बृद्धि भएको सुनको मूल्य आज केही ओरालो लागेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार तीन सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत नै छ । आज पनि चाँदी सात सय ४५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्