दुई सैनिक पोखरीमा मृत फेला


 


इटहरी, चैत १३

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत कार्यरत रहेका दुई नेपाली सैनिकको मृत्यु भएको अवस्थामा शव परीक्षणका लागि ल्याइएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा दुई व्यक्ति डुबेर मृत अवस्थामा देखिएपछि स्थानीयवासीले हल्ला गरेपछि ती दुवै डुबेका व्यक्तिको शव पोखरीबाट निकालेर बिपी प्रतिष्ठान पुर्याइएको बताइएको छ ।

मुत्यु हुनेमा अन्दाजी ३० वर्षका दोलखबहादुर चन्द र अर्का सोही उमेरका भरत विक रहेको खुले पनि आधिकारिक रुपमा पृतना मुख्यालयले भने यसको जानकारी दिएको छैन । मृतक दुवैको शव सोमबार राति नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको भने प्रतिष्ठानले खुलासा गरेको छ ।

नेपाली सेनामा कार्यरत ती दुवै व्यक्तिको के कस्तो कारणले ज्यान गएको हो भन्ने विषयमा आधिकारिक रुपमा जवाफ प्राप्त हुन सकेको छैन । साथै ती दुवै मृतक कहाँका हुन् भन्ने कुरा पनि बाहिर आउन सकेको छैन । रासस

प्रकाशित मिति: १३ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्