कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, चैत १२
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सुन तोलामा ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ । आज पनि चाँदी सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्