सुनको मूल्य लगातार बढ्दै, कति पुग्यो आज ?


 


काठमाडौं, चैत ११
केही दिनदेखि नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ । आज सुन तोलामा थप दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार पाँच सय रुपैयाँ पुगेको छ । अस्ती शुक्रबार सुन प्रतितोला ५८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढ्दै गएपनि चाँदीकोे मूल्य भने यथावत नै छ । आज पनि चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अस्ती पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्