काममा बाधा पुगेको भन्दै फेसबुकमा प्रतिबन्ध !


 


जाजरकोट, चैत १०

भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ ।

शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीले जानकारी दिनुभयो ।

सोअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ ।रासस

प्रकाशित मिति: १० चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्