सुनको मूल्य थप बृद्धि, चाँदीको मूल्य स्थिर


 


काठमाडौं, चैत ९
बजारमा आज सुनको मूल्य थप बढेको छ । हिजो मात्रै तोलामा पाँच सय रुपैयाँ बृद्धि भएको सुनमा आज थप चार सय रुपैयाँ बृद्धि भएको छ ।

आज सुन प्रतितोला ५८ हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजारा नौं सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढ्दा आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी हिजोकै मूल्य अर्थात प्रतितोला सात सय ४५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्