हुम्लामा एक्कासी हिमपात, हवाई सेवासमेत बन्द


 


?

हुम्ला, चैत ८

गएरातिदेखि आज बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् ।

हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् ।  हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्