सुनको मूल्यमा एकै दिन पाँच सय बृद्धि, आजको मूल्य कति ?


 


काठमाडौं, चैत ८
सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार नौं सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला सात सय ४५ रुपैयाँ पुगेको छ । हिजो भने चाँदी प्रतितोला सात सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्