२० वर्ष पूराना गाडी धमाधम हटाइदै, कति गाडीलाई लिइयो निन्त्रणमा ?


 


काठमाडौँ, चैत्र ८
सरकारले २० वर्ष पूराना गाडी चलाउन नपाइने नियम लगाएयता त्यस्ता गाडी नियन्त्रणमा लिइन थालिएको छ । यातायात व्यवस्था विभागले मुलुकभरबाट १ सय १० वटा गाडी नियन्त्रणमा लिएको जनाएको छ ।

२० वर्ष पुराना सवारी साधन चैत १ गतेदेखि हटाउने निर्णयसँगै यातायात व्यवस्था विभाग मातहतका कार्यालयले अनुगमनलाई तीव्रता दिएका छन् । देशभर २० वर्ष पुराना सवारीको संख्या १६ हजार ९ सय ६१ रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्