एसइई आजदेखि, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै


 


काठमाडौं, चैत ८
माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुँदैछ । यस वर्षको परीक्षामा नियमित र एक्ज्याम्टेडलाई फरक–फरक प्रश्न
यस वर्षको एसइईमा नियमित र एक्ज्याम्टेडतर्फका विद्यार्थीलाई फरक–फरक प्रश्नपत्र तयार गरिएको छ ।

परीक्षानियन्त्रक अम्बिकाप्रसाद रेग्मीले पाठ्यक्रम परिमार्जन भएकाले नियमित र एक्ज्याम्टेडको प्रश्नपत्र फरक–फरक तयार पारिएको बताए । नियमित विद्यार्थीले अनिवार्य विषयमा पहिलोपटक नयाँ पाठ्यक्रमअनुसार एसइई परीक्षा दिँदै छन् । अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।

साधारणतर्फको ८ देखि १७ चैतसम्म र प्राविधिकतर्फको ८ देखि २० चैतसम्म परीक्षा सञ्चालन हुनेछ । एसइईमा चार लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुँदै छन् । १ हजार ९ सय ५६ केन्द्र निर्धारण गरिएको छ ।

परीक्षा सञ्चालनका लागि १ हजार ९ सय ५६ केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एसइई अर्को वर्षदेखि प्रदेशस्तरमा सञ्चालन गर्ने निर्णय परीक्षा बोर्डको १६ असार ०७३ को बैठकले गरिसकेको छ । यस वर्ष पनि पूरा नै संरचनाअनसार परीक्षा लिइँदैछ ।

प्रकाशित मिति: ८ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्