प्रदेशसभा बैठक सञ्चालन नियमावली टेबुल


 


विराटनगर, ७ चैत
प्रदेश नं १ को आजको प्रदेशसभा बैठकमा कार्य सञ्चालन नियमावली २०७४ मस्यौदा टेबुल भएको छ ।

मस्यौदा समितिका संयोजक लिलावल्लभ अधिकारीले उक्त मस्यौदा पेश गर्नुभएको थियो ।

मस्यौदा अध्ययनका लागि प्रदेशसभा सदस्यलाई उपलब्ध गराइएको छ ।

आजको बैठक दिनको १ बजे बस्ने भनिएता पनि दुई घण्टा ढिलो गरी अपराह्न ३ बजे शुरु भई आधा घण्टामात्र सञ्चालन भएको थियो । अर्को बैठक बिहीबार १२ बजे बस्नेछ ।

प्रकाशित मिति: ७ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्