सुनचाँदीको मूल्य घट्यो


 


काठमाडौं, चैत ७
बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्