अब मंसिरदेखि हस्तलिखित पासपोर्ट नचल्ने
काठमाडौं, भदौ १६
सरकारले मंसिर अघि नै मेसिन रिडेबल पासपोर्ट बनाइसक्न हस्तलिखित पासपोर्ट बाहक नेपालीहरुलाई सूचित गरेको छ । परराष्ट्र मन्त्रालयको राहदानी विभागले अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै २४ नोभेम्बर २०१५ अर्थात मंसिर ८ गतेदेखि सम्पूर्ण हस्तलिखित राहदानी मान्य नहुने भएकाले जतिसक्दो चाँडो मेसिन रिडेबल पासपोर्ट बनाउन अनुरोध गरेको हो ।
राहदानी विभागका निर्देशक शरदराज आरणका अनुसार विदेशमा रहेका नेपालीले सम्बन्धित राजदूतावासहरुमा सम्पर्क गरी एमआरपी बनाउन सक्नेछन् । मंसिर ८ देखि विश्वका कुनै पनि देशले हस्तलिखित पासपोर्ट स्वीकार गर्ने छैनन् ।
प्रकाशित मिति: १६ भाद्र २०७२, बुधबार