ललितपुरमा ६ बर्षीया बालिका बलात्कृत


 


ललितपुर, चैत ७
दक्षिण ललितपुरमा ६ बर्षीया बालिका सोमबार बलात्कृत भएको घटना सेलाउन नपाउँदै ललितपुरमै अर्की ७ बर्षीया बालिका बलात्कृत भएकी छिन् ।

गोदावरी नगरपालिका १४ की बालिका मंगलबार दिउँसो अन्डरलाइन वीक्लीमा कार्यरत पत्रकार दीपेश साह चक्रवर्तीबाट बलात्कृत भएकी हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

पीडित बालिकाले आमालाई घटनाबारे बताएलगत्तै साहलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सातदोबाटोमा ल्याइएको वृत्तका डीएसपी विनोद सिलवालले जानकारी दिए ।

 

प्रकाशित मिति: ७ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्