यस्तो छ प्रदेश नं १ को मन्त्रिपरिषद् बैठकका निर्णय


 


विराटनगर, ६ चैत

प्रदेश नं १ को मन्त्रिपरिषद्को आज अपराह्न बसेको बैठकले विभिन्न चारवटा निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज यहाँ पत्रकार सम्मेलन गरी बैठकको निर्णय सार्वजनिक गरेको हो ।

बैठकले प्रदेश कानून निर्माणका लागि पूर्वसांसद रेवतीरमण भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय कानून मस्यौदा सुझाव समिति गठन गरेको छ ।

यस्तै प्रदेश कर तथा गैरकर राजस्वसम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत प्रदान गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता हिक्मत कार्कीले बताउनुभयो ।

त्यस्तै विनियोजिन विधेयक–२०७४ का लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

बैठकले प्रदेश आर्थिक कार्यविधि विधेयकको मस्यौदा स्वीकृत गरी भोलि बस्ने प्रदेशसभाको वैठकमा पेश गर्र्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले चैत मसान्तभित्र सबै कानून निर्माण गरिसक्ने प्रवक्ता कार्कीले बताउनुभयो ।

प्रकाशित मिति: ६ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्