सुनचाँदीको मूल्य बढ्यो, कति छ आज ?


 


काठमाडौं, चैत ६
बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार पाँच सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ वृद्धि भएको छ । आज चाँदी प्रतितोला सात सय ४० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ६ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्