प्रदेश ५ मा मन्त्रिमण्डल विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?


 


रूपन्देही, चैत ५
प्रदेश नम्बर ५ मा आज मुख्यमन्त्री शंकर पोखरेलले सरकार गठन एक महिनापछि मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले तीन मन्त्री थप्ने तयारी गरेका हुन् । सरकारमा एमालेबाट दुई र माओवादी केन्द्रबाट एक गरि तीन मन्त्री थप्ने तयारी गरिएको जनाइएको छ ।

यद्यपि, यसबारे प्रदेश सरकारले केही बोलेको छैन । मन्त्री बन्नेमा एमालेबाट रूपन्देहीका लीला गिरी र बाँकेकी आरती पौडेल छन् भने माओवादीबाट गुल्मीका सुदर्शन बराल छन् ।

यसअघि प्रदेश सरकार गठनसंगै आन्तरिक मामिला तथा कानुन मन्त्रीमा माओवादीका कुलप्रसाद केसी र भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा एमालेका बैजनाथ चौधरी नियुक्त भइसकेका छन् ।

साथै मन्त्रीमा आकांक्षीहरु धेरै देखिएपछि प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट कानुन, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि, उद्योग, पर्यटन, वन तथा वातवरणबाट पर्यटन मन्त्रालय छुट्याउने तयारीसमेत गरेको छ ।

प्रकाशित मिति: ५ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्