उपराष्ट्रपति पुन दोस्रो कार्यकालका लागि निर्वाचित


 


काठमाडौं, चैत ४
उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । निर्वाचन आयोगले आइतबार पुनलाई उपराष्ट्रपतिको दोस्रो कार्यकालका लागि निर्वाचित घोषणा गरेको हो ।

उपराष्ट्रपतिमा पुनको मात्र उम्मेदवारी परेपछि आयोगले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनका लागि एकजना मात्र उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्विरोध निर्वाचित भएको भनी तोकिए बमोजिम घोषणा गर्ने व्यवस्था रहेको छ ।

राष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवार बनाए पनि उपराष्ट्रपतिमा भने कसैलाई उम्मेदवार बनाएको थिएन ।

प्रकाशित मिति: ४ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्