कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, चैत ४
बजारमा आज सुनचाँदीको मूल्य घटबढ भएको छैन । आज पनि सुनको मूल्य ५७ हजार तीन सय रुपैयाँ नै छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य घटबढ भएको छैन । आज पनि चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ४ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्