७० सैनिकको हत्या


 


somaliya(एजेन्सी), भदौ १५

सोमालियाको दक्षिणी क्षेत्रमा रहेको अफ्रिकी युनियन (एयु)को सैन्य बेश नियन्त्रणमा लिइ इस्लामिक अतिवादी समूह ‘अल सबाब’का लडाकूले ७० जना सैनिकको हत्या गरेका छन् ।अफ्रिकी युनियनले भने सैन्य बेश अझैपनि आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ ।

तर, स्थानीयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले युगान्डाकोसेनाको नेतृत्व गरेको उक्त बेशमा एक घन्टासम्म संघर्ष भएको र एयुका सेनाले बेश छोडेर गएको जनाएका छन् । लडाकूहरुले बेश नजिकको पुलमा क्षति पु¥याएर सेनाको भाग्ने मार्ग बन्द गर्दैै बेशमा आक्रमणमा गरेको सोमालियी सेनाले जनाएको छ ।

‘अल कायदा’सँग आबद्ध रहेको अल सबाबले एयुको समर्थनमा रहेको सोमालियाली सरकारविरुद्ध सशस्त्र संघर्ष गरिरहेको छ ।

प्रकाशित मिति: १६ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्