आज मन्त्रिपरिषद विस्तार हुँदै, सुवास नेम्बाङ कानुनमन्त्री


 


काठमाडौं, चैत २
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

स्रोतका अनुसार ओलीले पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई कानुनमन्त्री बनाउने तयारी गरेका छन् ।

आज हुने मन्त्रिपरिषद् बिस्तारमा नेम्बाङ कानुनमन्त्री बन्न लागेका हुन् ।

नेम्बाङ यसअघि २०५६ को निर्वाचनपछि पनि कानुनमन्त्री बनेका थिए ।

दुईपटक राष्ट्रियसभाका अध्यक्ष भइसकेका नेम्बाङ व्यवस्थापिका संसदको सभामुख पनि भएका थिए ।

प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्