सुनचाँदीको मूल्य घट्यो, कतिमा झर्यो ?


 


काठमाडौं, चैत २
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ५७ हजार तीन सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेर सात सय ४० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्