उपसभामुखको निर्वाचन आज, तुम्बाहाम्फे र भुसाल मैदानमा


 


काठमाडौं, चैत २
उपसभामुखको लागि आज निर्वाचन हुँदैछ । दिउँसो १ बजे संघीय संसद भवनमा निर्वाचन हुनेछ ।

उपसभामुखका लागि वामगठबन्धनको तर्फबाट एमालेकी शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्पा भुसाल प्रतिशपर्धामा छन् ।

तुम्बाहाम्फेलाई सर्वसम्मत हुन नदिन कांग्रेसले भुसाललाई उपसभामुखको उम्मेदार बनाएपनि प्रतिनिधिसभामा वाम गठबन्धनको बहुमत भएकाले तुम्बाहाम्फे नै उपसभामुख निर्वाचित हुने निश्चित छ ।

एमाले र माओवादी केन्द्रका १७४ सांसद छन् । उपसभामुख निर्वाचित हुन १३८ मत भए पुग्छ ।

 

प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्