मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा ओली, फोरम पनि सहभागी हुने


 


काठमाडौं, चैत २
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । ओलीले संघीय समाजवादी फोरमलाई समेत समेटेर मन्त्रिपरिषद बिस्तारको तयारी गरिएका हुन् ।

अन्य दललाई पनि समेटेर लैजाने ओलीको तयारीले मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन । फोरमले सरकारमा जाने निर्णय गरिसकेपनि कति मन्त्रालय पाउने भन्नेबारेमा भने सहमति नभएको बताइएको छ ।

फोरमले तीनवटा मन्त्रालय दावी गरे पनि दुईवटा पाउने सम्भावना रहेको बुझिएको छ ।

गत फागुन ३ गते प्रधानमन्त्रीको सपथ लिएका ओलीले राजपालाई पनि सरकारमा ल्याउने तयारी गरेका छन् । मन्त्रालयको संख्या १८ वटा कायम गरिएकाले अझै ११ मन्त्री थप्नुपर्ने छ । अहिले सात सदस्यी मन्त्रिमण्डल छ ।

प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्