माओबादीले मन्त्रीको नाम टुंग्यायो, को–को बन्दैछन् मन्त्री ?


 


काठमाडौं, चैत १
नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंग्याएको छ । माओबादीले आफ्ना पाँच जनाको नाम टुंग्याएको हो । भागमा परेका सातमध्ये दुई मन्त्रीले शपथ लिइसकेका छन् ।

सरकारमा सहभागी हुने बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने तयारी गरेको जनार्इएको छ ।

फोरम पनि सरकारमा सहभागी हुँदा मन्त्रालय थप्नुपर्ने या एमाले र माओवादीले पाएको भागबाट एक–एकवटा कटौती गरेर दिनुपर्ने हुन्छ ।

माओवादीले कसलाई कुन मन्त्रालय भन्ने टुंगो भने लगाएको छैन । लगाएको छैन । जनार्दन शर्माले उर्जामा मन्त्रालयमा जान आकांक्षा देखाएका छन् ।

प्रकाशित मिति: १ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्