चाउचाउको लोभ देखाएर ६ वर्षीया बालिका बलात्कार


 


गुल्मी, फागुन ३०

बालिका बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका–४ का १६ वर्षीय हिमाल दमाईलार्ई प्रहरीले पक्राउ गरेको छ ।

आरोपित युवकले मंगलबार दिउँसो सोही गाउँपालिका–३ की छ वर्षीया एक बालिकालाई चाउचाउ र पैसाको लोभ देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो ।

घरमा आएपछि बालिकाले आमासँग आफूलाई दुखेको र रगत पनि आएको बताएपछि बालिकाकी आमाले के भयो भनेर सोधपुछ गरेपछि मात्र बालिकाले घटनाबारे जानकारी गराएकी थिइन् ।

घटना लगत्तै आज बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि दर्जीलाई पक्राउ गरी सदरमुकाम ल्याइएको छ ।

बालिकाको घर नजिकै घर बनाउने काममा खटिएका युवक काम सकेर घर फर्कने क्रममा स्थानीय मन्दिर नजिकै खेलिरहेकी बालिकालाई बोलाएर चाउचाउको लोभ देखाउँदै बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचापछि गएराति नै जिल्ला अस्पताल तम्घास ल्याइएको छ । रासस

प्रकाशित मिति: ३० फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्