सुनचाँदीको मूल्य फेरि बढ्यो


 


काठमाडौं, फागुन ३०
नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार आठ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ५० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्