पुलले जोडेको खुसी


 


ध्रुव सुवेदी/भोजपुर
म तपाईको गाउँमा छु, धेरै–धेरै खुसी लाग्यो । म आशा गर्छु की तपाईहरुका लागी यो पुल धेरै–धेरै उपयोगी हुनेछ । किनभने तपाईको गाउँ र बजारमा यो पुल उपयोगी हुनेछ ।

धनकुटा र भोजपुरको सिमाना लेगुवाघाटस्थित अरुण नदी माथि बनेको पक्कि पुल उद्घाटन कार्यक्रमलाई ०७० मंसीर १८ गते तत्कालिन नेपालका लागि बेलायती राजदूत एनड्यु जेम्स स्पार्कले यसरी नेपाली भाषामा संक्षिप्त मन्तव्य राख्दा उपस्थित भोजपुर र धनकुटाका स्थानीयले गडगडाहट ताली बजाए । उपस्थित धेरै सर्वसाधारणका लागि अंगेजीबाट राजदुत स्पार्कले मन्तव्य राखेका भए, बुझ्न नै समस्या हुन्थ्यो ।

सोचेभन्दा धेरै स्पष्ट नेपाली भाषामा राखेको स्पार्कको मन्तव्यले स्थानीयले प्रष्ट कुरा बुझे भने आँखै अगाडी दुई जिल्लालाई जोड्ने पुल देख्दा खुसीले गदगद् समेत भए । स्पार्कको यो मन्तव्यले विकासतिर भर्खर पाइला चाल्न थालेको भोजपुरको विकासमा ठुलो अर्थ राख्छ ।

पुलको उद्घाटन तत्कालिन मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मिले गरेका थिए । धुले सडक शुरु भएको करिब पाँच बर्ष नबित्दै महंगो सपनाको रुपमा रहेको पुल निर्माण हुनु आफैमा खुसी त थियो नै साथै भोजपुर राष्ट्रिय सडकको सञ्जालमा पनि जोडियो ।

र, पुल उद्घाटन कार्यक्रममा राजदुत स्पार्कले जति खुसी भएर मन्तव्य राखे त्यो भन्दा बढी भोजपुरबासी खुसी थिए । संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भएको १४ दिनपछि उद्घाटन भएको यो पुलले भोजपुरवासीलाई सर्वाधिक खुसी तुल्यायो ।

बेलायत सरकारको अन्र्तराष्ट्रिय विकास विभाग (डिफिड) को करिब ३५ करोड आर्थिक सहयोगमा पुल निर्माण भएको हो । २०६५ सालमा हेलिकप्टरबाट गाडी ओरालेको भोजपुर पक्कि पुल निर्माणसँगै सिधै सवारी साधन आवागमन हुन थालेपछि राष्ट्रिय सडक सञ्जालमा समेत जोडिएको छ ।

नदीमा पुल बनेसँगै भोजपुरमा यतिबेला विनारोकटोक यातायात सञ्चालन भइरहेको छ । स्ट्रील ट्रस ब्रिज अन्र्तगत बनेको पुलको लम्बाई १२० मिटर, चौडाई सात मिटर र उचाई २०.६ मिटर छ ।

यस्तै प्रकारको पुल संखुवासभा जिल्लाको सभाखोलामा यहाँ भन्दा केही महिना अघि निर्माण सकिएर उद्घाटन भएको थियो । जस्ले भोजपुर जस्तै संखुवासभामा पनि खुुसी भरेको छ । यी दुबै पुल निर्माण हुन करिब दुई बर्ष लागेको थियो ।

सन् २०११ को डिसेम्बर महिना देखी पक्कि पुलको निर्माण कार्य शुरु भएको थियो । पुलको निर्माण नेपालको कालिका कन्ट्रक्सन र चिनियाँ ठेकेदार कम्पनी सिटिसीले संयुक्त रुपमा गरेका हुन् ।

यो पुलको अधिकांश सामान बेलायतबाट आएको थियो । यस्तो प्रकारको नेपालमा बनेको यो पहिलो पुल हो । पुलको आयु सय वर्ष रहेको छ । यस अघि नदीमा पुल नहुँदा सडक विभागले सवारी आवागमनका लागि बैकल्पिक रुपमा फेरी लगाईदिएको थियो ।

नदीमा पानीको वहाव बढेसँगै फेरी बन्द हुँदा सर्वसाधारण झोलुंगे पुलको सहायताबाट आवतजावत गर्न बाध्य थिए । त्यस्तै सवारी साधन एकतर्फी मात्र सञ्चालन हुने गथ्र्यो ।

नदीमा पानीको वहाव बढेसँगै फेरी बन्द हुँदा सर्वसाधारण झोलुंगे पुलको सहायताबाट आवतजावत गर्न बाध्य थिए । यसरी झोलुंगे पुलबाट दैनिक उपभोग्य सामान ओसार पसार गर्दा मूल्य समेत बढ्ने गरेको थियो ।

पुल तारेको मात्र प्रतिकेजी एक देखी दुई रुपैयाँ स्थानीय भरियाले लिने गर्थे । तर अहिले यी समस्याबाट जिल्लाबासी मुक्त छन् । त्यसैले भोजपुरबासी यो पुललाई आफ्नो भाग्यरेखाको रुपमा लिन्छन्, जुन बर्षौदेखीको सपना समेत थियो ।

अरुण नदी र सभाखोलामा पक्कि पुल निर्माणसँगै पूर्वि पहाडका संखुवासभा, भोजपुर र खोटाङमा (¥याप) अन्र्तगत खनिएका करिब २८० किलोमिटर कृषि सडक आपसमा जोडिएका छन् । पुल निर्माण भएपछि सवारी साधन तथा यात्रुहरुलाई आवतजावतमा सहज भएको छ ।

पुल बनेसँगै जिल्लामा विकासको ढोका खुल्ने स्थानीयको भनाई छ । पुलले पूर्वि पहाडी जिल्लामा विकासको सम्भावनालाई बढाउन थालेको छ ।

पुल बनेसँगै भोजपुर खोटाङ लगायतका जिल्लाहरुमा विकासको ढोका खुल्न थालेको भोजपुरका स्थानीय विकास अधिकारी भानुभक्त न्यौपानेको भनाई छ । अब भोजपुरमा यातायातको भरपर्दाै माध्यम सडक यातायात बन्न थालेको छ भने ग्रामीण सडकहरु एक आपसमा जोडिन थालेका छन् ।

अरुण नदीमा पक्कि पुल नहुदा पूर्वि पहाडका भोजपुर खोटाङ लगायत जिल्लाका स्थानीयवासी मारमा परेका थिए । अरुण नदीमा बनेको पक्की पुलले पूर्वि पहाडका जिल्लावासीमा खुसी छाएको छ । र, विकासमो ढोका खुल्ने स्थानीयले आशा गरेका छन् ।

यसरी बन्यो सडक

हिले—भोजपुर सडकलाई भोजपुरवासीले आफ्नो भाग्यरेखाका रुपमा लिएका छन् । जुन वर्षाेदेखीको सपना समेत हो । यो भाग्यरेखाको थालनी बेलायत सरकारको अन्र्तराष्ट्रिय विकास विभाग (डिफिड) कै आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (¥याप) अन्र्तगत सन् २००१ वाट शुरु भएको हो ।

सन् २००६ मा नै सक्ने योजना सहित खन्न शुरु भएको सडक तत्कालिन नेकपा—माओवादीका कारण एक वर्ष पछाडि धकेलिएको थियो । सडक पुरा गर्न सात वर्ष लागेको यो सडक खण्डमा झण्डै ९५ करोड रकम खर्च भएको थियो । यो सडक मुलत मानवश्रमनिर्मित सडक हो ।

हरित सडकको अवधारणा अन्र्तगत खनिएको यो सडकमा यातायातको पहुँच विस्तार गर्दे गरिबी न्यूनिकरण र विपन्नवर्गको जीवनस्तर उकास्ने उदेश्य थियो । जसअनुरुप सडक निर्माण, आयमुलक क्रियाकलाप, सामजिक अभिबृद्धि, बचत तथा ऋण सहकारी कार्यक्रम लगायत विकासका अन्य गतिविधि भएका थिए । जसका कारण स्थानीयले करौडौ रुपैया वचत गर्न सफल भए ।

सडक सपना

पूर्वि पहाडको भोजपुर जिल्लामा सडक बन्नु अनि त्यो सडकमा गाडी गुड्नु कुनै बेला सपना थियो । तर विस्तारै त्यो सपना पुरा हुन थालेको छ ।

यतिबेला भोजपुर जिल्लाका अधिकांश ठाउँहरुमा धुले सडक बनेका छन् । र, बन्दै पनि छन् । भोजपुर सदरमुकाम सम्म सडक यातायात शुरु भएपछि अहिले गाउँ—गाउँमा सडक खन्ने लहर नै चलेको छ ।

कतै सरकारी बजेटले सडक बाटो खनिदै छ त कतै नीजि स्तरमा आर्थिक संकलन गरेर बाटो निर्माण हुदैछ । मोटरबाटो र मोटर गाडी हेर्नका लागि कुनै बेला धरान—धनकुटा झर्नु पर्ने भोजपुर जिल्लाको ग्रामीण बस्तीका नागरिकहरु आफ्नै घर आगनबाट गाडी गुडेको हेर्न पाउँदा दंग पनि छन् ।

यसरी ग्रामीण बस्तीहरुमा खुसी भर्ने काम मोटरबाटोले गरेको छ । सडक बाटो बने सँगै मोटर चल्न थालेपछि दूरदराजका स्थानीयवासीमा खुसीको सिमा नाघेको छ भने उनीहरुको कष्टकर दैनिकीमा पनि परिवर्तन हुन थालेको छ । सडकले स्थानीयमा धेरै आशा जगाएको छ । आफ्नै गाउँ ठाउँ सुगम हुने आशमा उनिहरु बसेका छन् ।

खुसियाली अनुहारहरु

जिल्लाको मानेभन्ज्याङ्ग गाविस—५ कि ९० वर्षिया महितिमाया तामाङको अनुहारमा बुढ्यौलीका धर्साहरु प्रष्ट देखिन्छन् । तर उनको यो बुढ्यौली अनुहारमा छुट्टै आभा देखिन्छ ।

उनले यो बुढेशकालमा सायदै सोचेकी थिईन आफ्नै आगँनबाट मोटरगाडी चल्छ भनेर । तर त्यो यतिबेला सम्भव भएको छ । उनी भन्छिन् म खुसी छु, आफ्नै आगनबाट मोटर चल्छ, नुन तेल खानलाई सजिलो भएको छ ।

मानेभन्ज्याङ्ग—३ का मदन बस्नेत (७५) ले आफ्नै ठाउँमा मोटर गुड्ने कल्पना समेत गरेका थिएनन् तर उनी यतिबेला मोटर चढेर सदरमुकामसम्म आवतजावत गर्छन् । बस्नेत भन्छन् हाम्रै पुस्ता हो मोटर गुडेको हेर्न धरान धनकुटा जानु पथ्र्याे त्यो पनि नुन तेल लिनका लागि ।

धरान, धनकुटा, चतरा, बेलटारबाट एक हप्ता सम्म ढाकर बोकेर नुन तेल ल्याउने गरेको स्मरण गर्दे बस्नेत भन्छन् ति दिन इतिहास भए, अहिले त सपना जस्तो लाग्छ । तामाङ र बस्नेत जस्ता वृद्ध अनुहार मात्र खुसी छैनन् स्थानीय व्यापार व्यवसाय गर्नेलाई समेत सडक र मोटरले खुसी लुल्याएको छ ।

विगत चार दशक भन्दा लामो समयदेखी मानेभन्ज्याङ्ग बजारमा व्यापार गर्दे आएका केशर प्रसाद पराजुली भन्छन् मोटर चले सँगै व्यापार फस्टाएको छ । सडक सुविधा नहँुदा ढुवानी खर्च मात्र प्रति केजी २५ रुपैयाँ तिर्ने पराजुली यतिबेला चार रुपैयाँ ढुवानी भाडाँ तिर्छन् ।

जस्ले उपभोक्तालाई राहत मिलेको छ भने व्यापार पनि बढेको छ पराजुलीले भने । तामाङ, बस्नेत र पराजुली त सडक सुविधाले खुसी हुने दुर्गम वस्तीका छुट्टा छुट्टै प्रतिनिधि उदाहरण मात्र हुन् ।

सडक सुविधाले यिनिहरुमा मात्र खुसीको सिमा भरेको छैन् जिल्लाबासीमा उत्तिकै उत्साह पनि भरेको छ । सडक सुविधाले आवतजावतमा त सहज भएकै छ स्थानीय कृषकहरुलाई समेत फाइदा पुर्याएको छ ।

एकातिर थोरै मुल्यमा सामान उपलब्ध हुन थालेको छ भने अर्कातिर आफुले उत्पादन गरेका बस्तु बजारसम्म पुर्याउन सहज भएको छ । उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष डम्बर श्रेष्ठ भन्छन् गाउँमा सडक सुविधाले विकासका ढोकाहरु खुल्न थालेका छन्, भने गाउँ र शहर विचको सम्बन्ध पनि जोडिएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्