सुनचाँदीको मूल्य घट्यो, कतिमा झर्यो ?


 


काठमाडौं, फागुन २८
बजारमा आज फेरि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा झरेको छ । हिजो सुन बजारमा प्रतितोला ५७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्