सुनचाँदीको मूल्य बढ्यो


 


काठमाडौं, फागुन २७
शुक्रबार मात्रै तोलामा तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि बढेको छ । आज फेरि सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार सात सय रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला ५७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ प्रतितोला सात सय ५० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्