सुनको मूल्य थप घट्यो, कतिमा झर्यो ?


 


काठमाडौं, फागुन २५
बजारमा आज पुन सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा थप तीन सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार चार रुपैयाँमा झरेको छ । हिजो मात्रै पनि सुन तोलामा तीन सय रुपैयाँ घट्दै ५७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ४० रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्