महरालाई सभामुख बनाउने माओबादी केन्द्रको निर्णय


 


काठमाडौं, फागुन २५
नेकपा माओवादी केन्द्रले कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज विहान बसेको माओवादी केन्द्रको  बैठकले नेता महरालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो ।

माओबादी केन्द्रको भागमा परेको सभामुख पद एमालेले आफै राखेर माओबादीलाई राष्ट्रियसभा अध्यक्ष दिने तयारी गरेपनि त्यसमा सहमति भएन ।

एमालेले सभामुखका लागि आज माओबादी केन्द्रसंग छलफल गरेपनि माओबादीले सभामुख पद छा्ड्न मानेन । अन्त्यमा माओबादीले सभामुखमा महरालाई उम्मेदवार बनाएको छ । माओबादी सहमत भएको खण्डमा एमालेले पूर्वसभामुख सुवाष नेवाङलाई सभामुख बनाउन चाहेको थियो ।

माओबादीमा सभामुखका लागि वर्षमान पुन पनि आकांक्षी थिए । तर, उनलाई पार्टीमा जिम्मेवारी दिएर महरालाई सभामुख बनाइएको पार्टी स्रोतले जनाएको छ ।

प्रतिनिधि सभाको सभामुख पदका लागि आज मनोनयन हुँदैछ। संघीय संसद् सचिवालयले तय गरेको आन्तरिक कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन हुनेछ। आजै दिउँसो १ः३० बजे मनोनयन गर्ने उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक हुनेछ।

प्रकाशित मिति: २५ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्