सुनचाँदीको मूल्य घट्यो


 


काठमाडौं, फागुन २४
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार सात सय पुगेको छ । हिजो सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेर प्रतितोला सात सय ४५ रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्