एफएममा कार्यरत कर्मचारीमाथि मध्यरातमा कुटपिट, एक जना गम्भीर


 


इलाम, फागुन २४

इलामको चियाबारी एफएममा कार्यरत दुईजना कर्मचारीलाई गएराति अज्ञात समूहले कुटपिट गरेका छन् ।

बुधबार राति करिब १० बजे रेडियो बन्द गरेर कोठातर्फ जाँदै गर्दा प्राविधिक प्रकाश न्यौपाने र बजार व्यवस्थापक कृष्ण पाठकलाई अज्ञात समूहले आक्रमण गरेको हो ।

कुटपिटमा परी कृष्ण पाठक भने गम्भीर रहेको पारिवारिक सं्रोतले जानकारी दिएको छ । उहाँको टाउको, हात र खुट्टामा चोट लागेको छ । प्रकाशको अवस्था भने सामान्य रहेको बताइएको छ ।

उहाँहरुको हाल इलाम अस्पतालमा उपचार भइरहेको छ । घटनाका विषयमा गम्भीर भएर लाग्न प्रशासनलाई रेडियोले ध्यानाकर्षण गराएको छ ।

स्टेशन म्यानेजर प्रेम अधिकारीले यो घटनाले जिल्लामा सञ्चारकर्मी असुरक्षित रहेको पुष्टि भएको भन्दै गम्भीरतापूर्वक लाग्न प्रशासनलाई अनुरोध गर्नुभएको छ । रासस

प्रकाशित मिति: २४ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्