डिगबिर धनमाया प्रतिष्ठानको साधारण सभा
डिगबिर धनमायाँ प्रतिष्ठान चौकिडाँडा, भोजपुरकाे पन्ध्रौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले रबिन्द्र अधिकारीको अध्यक्षतामा १४ सदस्यिय नयाँँ कार्यकारीणी समितिको समेत चयन गरेको छ।
ज्ञान विकास निमावि ज्ञानेश्वर, काठमाडौंको सभाहलमा सम्पन्न साधारण-सभामा फरक फरक क्षेत्र हेर्ने गरी पहिलो पटक प्रतिष्ठानको साधारण-सभाले तीन जना उपाध्यक्ष चुनेको छ। जसमा शिवबहादुर अधिकारी (चौकीडाँडा), कोमलवहादुर अधिकारी (तराई-मधेश) र उपत्यका हेर्ने गरी महेन्द्र अधिकारी चुनिएका छन।
महासचिवमा केशव अधिकारी निर्बाचित भएका छन भने प्रतिष्ठानको सचिबमा पर्शुराम अधिकारी छानिएका छन। कोषाध्यक्षमा दिपकवहादुर अधिकारीनै पुन: निर्बाचित भएका छन भने सदस्यहरुमा रमादेवी थापा, ज्ञानेन्द्र अधिकारी, रविता अधिकारी, सुदिप अधिकारी, गायत्रा दाहाल, रविन्द्र रोकाह र प्रमोद कार्की चयन भएका छन।
यससँगै प्रतिष्ठानले स्थापना काल देखी संचालन गरी आएको भोजपुर जिल्ला भरका माध्यमिक विद्यालयवाट नियमिततर्फ एस.एल.सी. मा जिल्ला प्रथम भएवापतलाई प्रदान गरी आएको डिगविर धनमायाँ शैक्षिक पुरस्कार छात्रा एक र छात्र एक गरी जनही रु १० हजारका दरले प्रदान गरी आएकोमा २०७२ सालको एस.एस.सी देखि भोजपुर जिल्ला भरका सामुदायिक विद्यालयबाट नियमिततर्फ एस.एल.सी. मा जिल्लाभरिमा कम्तिमा विशिष्ट श्रेणीमा प्रथम हुने एकजनालाई मात्र रु २० हजार र कदर पत्रले सम्मान गर्ने गरी साविकको पुरस्कार परिमार्जन गरी निरन्तरता प्रदान गर्ने नयाँँ निर्णय पनि गरेको छ।
यसै साधारण सभाको मौका पारेर प्रतिष्ठानले तिजको कार्यक्रम पनि सम्पन्न गरेको थियो भने स-साना बालबालिकाहरुले आँफै नेतृत्व लिएर अतिरिक्त कृयाकलाप अन्तर्गत बिभिन्न खेल सम्पन्न गरेका थिए। साधारण सभालाई सम्बोधनको क्रममा प्रतिष्ठानका सल्लाहकार वीरेन्द्र थापाले प्रतिष्ठानले राम्रो संचिती गर्न सफल भएकोमा बधाइ दिएका थिए भने बेला बेलामा धार्मिक अनुष्ठान गर्न भुल्न नहुने र यस्ता अनुष्ठानको आयोजनाले परिवार र समाजमा एकताको भावनाको बिकास गर्ने बताए ।
काठमाडौंमा केन्द्रिय कार्यालय रहेको डिगबिर धनमायाँ प्रतिष्ठान बिंसं २०५७ सालमा अधिकारिक रुपमा स्थापना भएको हो। भोजपुर जिल्लाको चौकीडाँडा गा०बि०स० को गोपीनिचौरका डिगबिर र उनकी श्रीमती धनमायाँ अधिकारीले त्यस क्षेत्रको शैक्षिक र सामाजिक बिकासमा गरेको उल्लेखनिय कार्यहरुको निरन्तरताका लागि उनिहरुका सन्ततिले यो प्रतिष्ठानको स्थापना गरेका हुन।
प्रकाशित मिति: १४ भाद्र २०७२, सोमबार